तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय धनुषाको सेवा आइतबारबाट शुरु हुने  

जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएर बन्द रहेका सेवाहरू जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारबाट सुचारु गर्ने भएको छ ।

आन्दोलनकारीले कार्यालयको राहदानी तथा राष्ट्रिय परिचयपत्र शाखामा गरेको तोडफोड तथा आगजनीका कारण यी दुई बाहेकका अन्य सेवा सञ्चालन हुने धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

जेनजीहरुको आन्दोलनको क्रममा जिल्ला प्रशासनको दुई शाखाका अतिरिक्त अधिकृत संगम, जिल्ला प्रशासन कार्यालय क्षेत्रको अधिकृत सङ्गमको चमेना गृहमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button