तपाईँ सुन्दै हुनुहुन्छः

बीमा सचेतनामुलक सन्देश प्रसारणका लागि रेडियो नेपाल र बिमा प्राधिकरणबीच सम्झौता

पोखरा । बिमा सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, पोखरा र नेपाल बिमा  प्राधिकरण, गण्डकी प्रदेश कार्यालय, पोखराबिच सम्झौता भएको छ ।

उक्त अवसरमा रेडियो नेपाल पोखराका प्रमुख शान्ती गुरुङले यस खालको कार्यक्रमले बिमा प्राधिकरणको उद्देश्य सफल हुने र यसलाई अझ प्रभावकारी बनाउन रेडियो नेपालले सहयोग गर्ने बताउनुभयो ।

सो अवसर नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश पोखराका प्रमुख शम्भु प्रसाद मिश्रले बिमाको बारेमा राज्यले उपलब्ध गराएको सुविधाबारे आम जनमानसमा सचेतना जगाई यसबाट फाइदा लिन हुन र हरेक व्यक्तिले आफ्नो घर, सम्पत्ति, पशुपन्छी लगायत अन्य व्यवसायको पनि बिमा गराई भविष्यमा हुने जोखिमबाट समेत जोगिन सचेत गराउन रेडियो नेपालबाट प्रसारण हुने सूचना र सन्देशले सहयोग हुने बताउनुभयो ।

उक्त सम्झौता पत्रमा रेडियो नेपालका तर्फबाट कार्यालय प्रमुख गुरुङ र बिमा प्राधिकरणका तर्फबाट प्रमुख मिश्रले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता २०८३ असार मसान्त सम्म कायम रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button