जेनजी आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गर्ने सप्तरी प्रशासनको ७ दिने अल्टिमेटम
सप्तरी । सप्तरी प्रशासनले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान ७ दिनभित्र फिर्ता गर्न अनुरोध छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, सप्तरीले एक सूचना जारी गर्दै चोरी गरिएका र लुटिएका सरकारी कार्यालयका सामान ७ दिनभित्र फिर्ता गर्न भनेको हो ।

गत भदौ २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलन र प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरूमा तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधिहरू भएको र सोही अवसर पारी केही व्यक्तिहरूले कार्यालयका जिन्सी समान, नगद रकम लगायतका सार्वजनिक सम्पत्ति लुटपाट र चोरी गरी घरसम्म लागेका प्रमाणहरू सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य सञ्चार मध्यममा समेत स्पष्ट देखिएको सूचनामा भनिएको छ ।
लुटिएको सम्पत्ति जिल्ला प्रशासन कार्यालयमा सात दिनभित्र बुझाउन अनुरोध कार्यालयले गरेको छ । साथै निर्देशन अवज्ञा गरि लगिएको सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गर्नुभएको सूचनामा भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्