नवलपरासी कारागारमा १९ कैदी फर्किए
नवलपरासी,बर्दघाट । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।
कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताउनुभयो । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्”, उहाँले भन्नुभयो ।
कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भन्नुभयो । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए । रासस








प्रतिक्रिया राख्नुहोस्