तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जको जनजीवन सामान्यतर्फ, छोटो दूरीका सवारी सञ्चालनमा

वीरगञ्ज। ‘जेन–जी’ आन्दोलनपछि प्रभावित वीरगञ्जमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।

स्थानीय प्रशासनले बिहान–साँझ सीमित समय आवतजावतको अनुमति दिएपछि बजार र सडकमा चहलपहल बढेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी गरेको आदेशअनुसार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। त्यसअघि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म निषेधाज्ञा रहने व्यवस्था गरिएको छ।

निश्चित समयमा खाद्यान्न तथा उपभोग्य वस्तु किनमेल गर्न सर्वसाधारण पसलतर्फ आकर्षित भएका छन् भने सडकमा पैदल यात्रु र निजी सवारी साधन देखिएका छन्। छोटो दूरीका रिक्सा र ई–रिक्सा पनि सञ्चालनमा आएका छन्। तर पाँच जनाभन्दा बढी भेला, सभा, जुलुस वा प्रदर्शन भने पूर्ण प्रतिबन्धित रहने प्रशासनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button