कास्कीमा शुक्रवार बिहानसम्म कर्फ्यु

कास्की । कास्कीमा शुक्रवार बिहानसम्म निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार, बिहीबार (भदौ २६) साँझ ७ बजेदेखि शुक्रवार बिहानसम्म बाहिर निस्कन निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु आदेश जारी गर्दै शुक्रवार बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने जनाउनुभयो ।
कास्की जिल्लामा हाल देखिएको घटनाक्रमबाट हुनसक्ने विरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै बिहीबारको जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्युको समयमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन । एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन हुनसक्ने आदेशमा छ ।








प्रतिक्रिया राख्नुहोस्