तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

काठमाडौँ । संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले आज चाबहिल चोकमा प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरूले आज दिउँसो प्रदर्शन गरेका हुन् । भ्रष्टाचार र बेथितिविरुद्ध जेएनजीले उठाएका मुद्दा सकारात्मक रहेको भन्दै युवा विद्यार्थीले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजे सह्य नहुने बताएका हुन् । 

त्यस अवसरमा उनीहरूले कुनै पनि नाममा एकतन्त्रीय, निरङ्कुश र अधिनायकवादी शासन व्यवस्था स्वीकार गर्न नसकिने भन्दै खबरदारी गरे । 

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफूहरूले पनि रगत र पसिना बगाएको उल्लेख गर्दै उनीहरूले ‘वि वान्ट डेमोक्रेसी’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘संविधान मास्न पाइँदैन’, ‘जनताको जीउ ज्यानको रक्षा गर’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button