तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा शुक्रवार बिहानसम्म कर्फ्यु

खाँदबारी (सङ्खुवासभा) । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्यु आदेश आज साँझ ६ः०० बजेदेखि शुक्रवार बिहान ६ः०० बजेसम्म कायम रहनेछ ।

कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा  सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई  कारबाही गर्ने चेतावनी  दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button