तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम कारागारबाट भागेका मध्ये ४८ नियन्त्रणमा, ४० अझै फरार

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिम कारागारबाट मङ्गलवार दिउँसो ढोका फोडेर भागेका ८८ जना कैदीबन्दीहरू मध्ये हालसम्म ४८ जना नियन्त्रणमा आइसकेको र  ४० जना अझै फरार रहेको जनाएको छ।

कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार खलङ्गा आसपासका क्षेत्रमा अधिकांश कैदीबन्दी पक्राउ परेका हुन्। फरार कैदीबन्दीहरूको खोजी कार्य  भइरहेको पनि कार्यालयले जनाएको छ ।

रुकुम पूर्वमा छुट्टै कारागार नहुँदा दुवै जिल्लाका कैदीहरू एउटै कारागारमा राखिँदै आएको र कैदीहरूको बढी सङ्ख्या तथा सुरक्षा चुनौतीका कारण यस्तो घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

स्थानीय बासिन्दाले समेत खोजीमा सहयोग गरिरहेका छन्। यसैबीच, कारागार प्रशासनले आगामी दिनमा सुरक्षा कडाइ गर्ने र निगरानी सुधार्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button