संविधान रक्षाको माग गर्दै जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । वर्तमान संविधानको रक्षाको माग गर्दै जनकपुरधामका केही युवाहरूले आज प्रदर्शन गरेका छन् ।
जनकपुरधामको क्याम्पस चोकबाट काँग्रेसका युवा नेता प्रवेश चौधरीको नेतृत्वमा निष्केका युवाहरूको समूहले विद्यापति चोकसम्म संविधानको पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरूले हातमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । अहिलेको संविधान मिच्न नपाइने विषयमा नारा सहित प्रदर्शन गरेका थिए । यता प्रदर्शनलाई लिएर हुन सक्ने दुर्घटनालाई लिएर जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाउने काम भएको छ ।
नेपाली सेनाको कमाण्डमा रहेको संयुक्त सुरक्षा फौजको सुरक्षा गस्ती बढाउने काम भएको छ ।
प्रतिक्रिया राख्नुहोस्