तपाईँ सुन्दै हुनुहुन्छः

“कठिन परिस्थितिमा पनि नागरिकसमक्ष सही सूचना पुर्‍याउने रेडियोको भूमिका महत्त्वपूर्ण”

काठमाडौँ । जेन जी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनी र तोडफोडबाट सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा समेत पुगेको क्षतिको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारीसहित सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले स्थलगत अवलोकन गर्नुभएको छ ।

त्यसक्रममा अध्यक्ष डाक्टर विष्टले अहिलेको विषम परिस्थितिमा समेत जोखिम मोलेर सार्वजनिक सेवा प्रसारण नेपालका प्रसारकहरूले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता तथा सूचनाको हकको प्रावधान अनुरुप नागरिकसमक्ष सूचना र जानकारी पुर्‍याउन गरिरहेको कार्यको प्रशंसा गर्नुभयो ।  

उहाँले, परिस्थितिको जटिलतालाई ध्यानमा राखी मुलुकमा शान्ति र सुव्यवस्था बनाई राख्न नागरिकलाई निरन्तर सही सूचना र जानकारी गराउन आग्रह पनि गर्नुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोशहरि निरौलाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भएकोले अहिलेको अवस्थामा संविधानको सही कार्यान्वयन, नागरिकको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सार्वजनिक सेवा प्रसारण नेपालको भूमिका अझै बढेकोले प्रसारकहरूलाई त्यस अनुरूपको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले विनाशकारी भूकम्प र कोरोना महामारीका बेलामा रेडियो नेपाल र नेपाल टेलिभिजनले निर्वाह गरेको भूमिका अझै आम नागरिकको सम्झनामा रहेकोले वर्तमान परिस्थितिमा समेत मुलुक र नागरिकप्रतिको जिम्मेवारी पूरा गन{ यी दुवै संस्था सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुलीले तोडफोडका कारण प्रविधि र प्रसारणमा कुनै समस्या आएमा मन्त्रालयले तत्काल सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button