सामान्य बन्दै इलामको जनजीवन
इलाम । इलाम जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले आज दिउसो ३ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जारी गर्नुभएको आदेशमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने स्थितलाई मध्यनजर गरि कर्फ्यु जारी गरिएको उल्लेख छ । जिल्लाभर सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ नेपालले बताउनुभयो । सुरक्षा अवस्थालाई मध्यनजर गरी कारागार कार्यालय इलाममा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।
इलाम जिल्लाका सबै १० वटै पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सुरक्षा गस्ती परिचालन गरिएको छ । गए राती १० बजेबाट गस्ती सञ्चालन गरे पनि स्थानीय त्रासमा थिए । आज बिहानबाट इलामको जनजीवन केही सामान्य बन्दै आएको छ । हिजो भएको जेनजीको प्रदर्शन इलाम सदरमुकाम अशान्त बनेको थियो । हिजो रात भर त्रासमा रहे पनि बिहान देखि सहज भएको स्थानीय गोपाल निरौलाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्