तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी समूह भर्चुअल बैठकमा : वार्ता टोली र एजेन्डा तय गरिने

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वार्तामा आउन आह्वान गरेपछि छलफलका लागि जेनजी समूहले वृहत् भर्चुअल बैठकको आयोजना गरेको छ ।

बैठकमा जेनजी समूहको नेतृत्व चयनदेखि वार्तामा सहभागी हुँदा प्रस्तुत गरिने एजेन्डामा छलफल भइरहेको बैठकमा सहभागी रक्षा बमले जानकारी दिनुभयो ।

तीन हजारभन्दा बढी जेनजी युवाहरू सम्मिलित बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसको समीक्षा समेत भइरहेको छ । 

बैठकको विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button