बाजुरामा अनिश्चितकालीन निषेधाज्ञा लगाइयो
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज बिहान ११ः०० बजेबाट लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले निषेधाज्ञा जारी गर्नुभएको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै सदरमुकाम मार्तडीका चार क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउनेगरी आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा हस्ताक्षरित निषेधाज्ञामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ९३क० बमोजिम सदरमुकाम मार्तडीको पूर्वमा मालिका मन्दिर, पश्चिममा जिल्ला कारागार, उत्तरमा जिल्ला अस्पताल पछाडि र दक्षिणमा निर्माणाधीन बसपार्क क्षेत्रमा कुनै गतिविधि नगर्न आदेश गरिएको छ ।
सोमबार र मङ्गलबार काठमाडौँमा भएको ‘जेनजी’को आन्दोलनका कारण सरकारी संरचना आगलागी तथा तोडफोड भएपछि मङ्गलबार राति १०ः०० बजेबाट नेपाली सेनाले कमाण्ड सम्हालेको छ ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक सवारीसाधन एम्बुलेन्स र शवबाहन आगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने उल्लेख गरिएको छ । मार्तडीमा आज बिहानबाट नै सेना परिचालन गरिएको हो । सेनाले सदरमुकामका पसल तथा होटलसमेत बन्द गर्न लगाएको छभने शैक्षिक संस्था पनि बन्द भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्