तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश: प्रशासनीय भवन, लगायत सरकारी कार्यालयमा सुरक्षाका लागि सेना तैनाथ 

दाङ । दाङको लुम्बिनी प्रदेश प्रशासनीय भवन, लगायत सरकारी कार्यालयमा सुरक्षाका लागि सेना तैनाथ गरिएको छ।

विभिन्न माग राख्दै जियन जी समूहले आह्वान गरेको आन्दोलन हिजो स्थगन गर्दै वार्तामा बस्ने भनेर विज्ञप्ति सार्वजनिक गरेपछि मङ्गलवार राति १० बजे पछि सेना दाङका विभिन्न सहरका सडकमा सुरक्षा दिइरहेका छन् ।

ज्वाला गण दल अर्जुन खोला दाङ को नेपाल सेनाका सेनानी (मेजर) राज कुमार गिरीले जानकारी दिँदै कर्फ्युको पालना गर्न नागरिकलाई आह्वान गर्दै कसैले अटेर गरे सेना एक्सनमा जाने बताउनुभयो ।

दाङमा अहिले लुम्बिनी प्रदेश प्रशासनिक परिसर लमही, घोराही र तुलसीपुर लगायतका मुख्य सहरहरूमा सेना,नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरेको छ ।

ज्वाला गण दल दाङ देउखुरीका मेजर राजकुमार गिरी अनुसार लुम्बिनी प्रदेश प्रशासनिक भवन परिसरमा १०० सयौँ सेना लगायतका सुरक्षाकर्मी तैनाथ गरिएको बताउनुभयो ।

गिरीले भन्नु भयो अब आउने भनेका अराजक समूह हुन् , अब सेनाले राज्यका सम्पत्ति र नागरिकको सुरक्षा हाम्रो जिम्मेवारी हो हामी कटिबद्ध छौ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले आन्दोलन पक्षले आन्दोलन स्थगन गरिसके पछि अब आन्दोलन रोकिएकाले पनि अब आउने समूह जियन जी नभई अराजकतावाद भएकाले पनि नागरिकहरूले आफै सजग भई यस्ता गतिविधि विरुद्धमा लाग्न आह्वान गर्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button