तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा अर्को आदेश नभए सम्मको लागि कर्फ्यु आदेश जारी

महोत्तरी। महोत्तरी जिल्लामा अर्को आदेश नभए सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै हिजो साँझबाट लगाइएको कर्फ्यु आदेशलाई अर्को आदेश नभएसम्मलाई निरन्तरता दिइएकाे प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद रिसालले बताउनुभयो ।

जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न एवं सार्वजनिक र निजी सम्पत्तिको थप क्षति हुन नदिन सहयोग गरिदिनुहुन उहाँले सबैमा अनुराेध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button