कास्की कारागारबाट कैदीबन्दी फरार
कास्की। जेनजी आन्दोलन चर्किँदै जाँदा कास्की कारागार तोडफोड गरी कैदीबन्दीहरू फरार भएका छन्। आन्दोलनकारीहरूले बेलुकी सरकारी कार्यालयमा आगजनी गरेपछि कारागारमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार, आन्दोलनकारीहरूले सुरक्षामा खटिएका केही प्रहरीलाई कुटपिट गरेपछि कारागार भित्र पसेर तोडफोड गरे। सो क्रममा कैदीबन्दीहरूले ब्लक तोडेर भाग्न सफल भएका हुन्।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका थिए। फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा सतर्कता अपनाएको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्