महोत्तरीको जलेश्वर कारागारबाट ५७२ कैदी फरार
महोत्तरी। महोत्तरीको जलेश्वर कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन्। मंगलबार साँझ करिब ७ बजे ठूलो संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकै साथ पर्खाल भत्काएपछि घटना नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।
शर्माका अनुसार प्रदर्शनकारी भाटा बोकेका थिए भने कैदीहरू खाना बनाउन प्रयोग हुने चिर्पटजस्ता सामान लिएर हुल बाँधेका कारण प्रहरीले तत्काल नियन्त्रणमा लिन नसकेको हो।
घटनापछि जलेश्वरमा अवस्था तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ ६:४० बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।








प्रतिक्रिया राख्नुहोस्