खानेपानीमन्त्री प्रदीप यादवद्वारा राजीनामा
काठमाडौँ I खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।
जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।
हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।
“प्रिय युवा भाई बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु,” उहाँले लेख्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्