एभरेस्ट महिला भलिबल लिग: काठमाडौँ स्पाइकर्सको पहिलो जित
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौँ स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार काठमाडौँले मधेश युनाइटेडविरुद्ध ३–१ सेटको जित निकाल्यो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट भने २३–२५ ले गुमायो । त्यसपछिका दुई सेट २२–२५, २५–१९ ले आफ्नो पक्षमा पार्दै काठमाडौँले पहिलो अंक बटुल्यो ।
जितसँगै काठमाडौँले दुई तीन अंक जोडेको छ । दोस्रो पराजयसँगै मधेशको तीन खेलबाट तीन अंक नै छ । यसअघि काठमाडौँले ललितपुर क्विन्ससँग हार बेहोरेको थियो । यता ललितपुरसँग निरास बनेको मधेशले पोखरा निन्जाजलाई हराएको थियो ।








प्रतिक्रिया राख्नुहोस्