तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा बगेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको रंगुन खोलामा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–३ नवलपुरका ५४ वर्षीय ईश्वर बुढामगरको रङ्गुन खोलामा बगेर मृत्यु भएको हो।

भदौ १८ गते बुधबार राति करिब २ बजे घरबाट निस्केका बुढामगर हराएपछि परिवारले खोजी गरेको थियो। खोजीक्रममै शुक्रवार साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उहाँको शव फेला परेको डडेल्धुरा प्रहरीले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button