चुरे क्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव

मलङ्गवा (सर्लाही) । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे क्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।
आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउन सके मात्र मधेस बच्छ ।”
पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”
प्रतिक्रिया राख्नुहोस्