तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनपछि गड्डाचौकीस्थित महाकाली नदीमाथिको पुलमा यातायात सञ्चालन

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीस्थित महाकाली नदीमाथिको पुलमा आज साँझदेखि यातायात सञ्चालनमा आएको छ ।

महाकाली नदीमा पानीको प्रवाह घटेसँगै चार दिनदेखि बन्द यातायात सञ्चलनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीमा पानीको प्रवाह घटेर ९८ हजार ६२८ क्युसेकमा झरेको छ ।

नदीमा पानीको प्रवाह एक लाख क्युसेक माथि पुगेपछि पुलमा ‘रेड अलर्ट’ जारी गरी तीन र चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरिन्छ ।

अविरल वर्षासँगै नदीको बहाव एक लाख क्युसेक माथि पुगेपछि पुलमा भदौ १६ गतेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button