तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्याण्डका शाही अधिकारीद्वारा संसद् विघटनको प्रस्ताव अस्वीकार : कार्यवाहक प्रधानमन्त्री

बैङ्कक । थाइल्याण्डका शाही अधिकारीहरूले संसद् विघटन गर्न सत्तारुढ दलले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । अधिकारीहरूले प्रधानमन्त्रीका लागि आफ्नो उत्तराधिकारी चयन गर्न सक्ने मतदानका लागि मार्ग प्रशस्त गरेको बिहीबार बताउनुभएको छ। 

थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रालाई नैतिकता उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेपछि गत शुक्रबारदेखि थाइल्याण्डको शीर्ष पदमा शक्ति शून्यता देखिएको छ।

विपक्षी सांसदहरूको गठबन्धनले कन्जरभेटिभ कन्स्ट्रक्सन म्याग्नेट अनुटिन चार्नभिरकुललाई शीर्ष पदको लागि समर्थन गरेको छ। यसका लागि स्थानीय समयानुसार शुक्रवार बिहान १० बजेका लागि मतदान तोकिएको थियो।

पेटोङ्टार्नको फेउ थाई पार्टीले संसद् विघटन गर्ने र मतदान रोक्ने प्रयासमा आफ्नो अनुरोध दरबारमा पेश गरेको थियो।

कार्यवाहक प्रधानमन्त्री फुम्थाम विचायाचाईले आफ्नो फेसबुक पेजमा भन्नुभएको छ, “विवादित कानुनी मुद्दाहरूका कारण यो समयमा थाई नरेश समक्ष शाही आदेशको मस्यौदा प्रस्तुत गर्नु अनुपयुक्त रहेको राजपरिषद् सभा (प्रिभी काउन्सिल) को कार्यालयले उहाँलाई सूचित गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button