चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौँ । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गर्नुभएको छ ।
शांघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गत शनिबारदेखि चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उहाँ आज साँझ साढे ८ बजे काठमाडौँ आइपुग्नु हुनेछ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारती प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्