मुस्ताङको लोमान्थाङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ हुँदै

कास्की । मुस्ताङको लोमान्थाङमा ‘टप अफ दि वर्ल्ड क्लासिक गल्फ प्रतियोगिता’हुने भएको छ ।विश्वकै सर्वाधिक उचाइमा रहेको गल्फ कोर्समा आयोजना हुने ‘टप अफ द वर्ल्ड गोल्फ क्लासिक’को आयोजक मुस्ताङ गल्फ कोर्सले पोखरामा आज पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।
आगामी भदौ २८ र २९ गते ४७ सय मिटर उचाइको लोवथाङमा चौथो संस्करणको प्रतियोगिता आयोजना गर्न लागको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिन भयो । उहाँले भन्नु भयो विगतका अनुभवहरूबाट सिकेर यसपालिको प्रतियोगितामा केही नयाँपन थपेका छौँ भने केही सुधार गरेका छौँ ।
यसवर्षको प्रतियोगितामा देश तथा विदेशका ५५ देखि ६० गल्फरहरु च्याम्पियनसिपमा भाग लिने अनुमान गरिएको छ ।
नेपालका उत्कृष्ट ४ ‘प्रोफेसनल गल्फर’हरूबिच छुट्टै प्रतिस्पर्धा गराइने छ । विष्टले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम द्वितीय र तेस्रो हुनेले क्रमशः क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार सहित एम्योचर प्रतिस्पर्धाका विजेताहरूलाई उत्कृष्ट ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विगत वर्षहरूमा ९ होलमा मात्रै खेलाइएको प्रतिस्पर्धा यो वर्ष १८ होलमा हुने भएको छ । सर्वाधिक चासो हुने ‘होल इन वान’मा सजावट सहितको घोडा राखिने छ । प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा खेलाइने छ । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टू द पिन, र लङ्गेस्ट ड्राइभका लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ । ‘होल इन वान’ होल नम्बर ३ मा हुनेछ । घोडा नै पुरस्कार राख्नु संसारकै गल्फरहरुका लागि अनौठो र चाखलाग्दो पुरस्कार रहेको विष्टले बताउनु भयो ।
प्रतियोगितामा सहभागिताका लागि आयोजकले गोकर्ण फरेस्ट रिसोर्ट, रोयल नेपाल गोल्फ क्लब, हिमालयन गोल्फ कोर्स, धरान गोल्फ क्लब, मिराया वेलनेस तथा गोल्फ रिसोर्ट र त्रिभुवन अफिसर्स आर्मी गोल्फ क्लबलाई विशेष रूपमा निमन्त्रणा पठाएको गण्डकी प्रदेशका पूर्व सांसद समेत रहेका विष्टले बताउनु भयो । त्यस्तै अन्य इच्छुक क्लब र खेल प्रेमीहरूलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।
मुस्ताङको हिमाली सौन्दर्यको बीचमा आयोजना हुने यो दुई दिने प्रतियोगिता खेलाडीहरूका लागि अविस्मरणीय अनुभव बन्ने आयोजकको विश्वास छ । व्यापक सहभागिता सुनिश्चित गर्न आयोजना यस वर्ष प्रतियोगितालाई अझै फराकिलो र व्यापकता दिइएको प्रबन्ध निर्देशक विष्टले बताउनु भयो ।
यो वर्ष जलवायु सङ्कटबारे विश्वको ध्यानाकर्षण गराउन ‘टी फर क्लाइमेट’ भन्ने शीर्षकमा गल्फ प्रतियोगिता हुन लागेको हो । मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारे विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट एउटा सन्देश प्रवाह गर्न चाहन्छौ विष्टले भन्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्