तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र फुटबल क्लबविरुद्ध एपिएफो रोमाञ्चक जित

काठमाडौँ । विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ यूथ लिगमा आइतबार मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा २६ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजित मच्छिन्द्र समान खेलबाट २७ अंका साथ चौथो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सुजन तामाङ र पुजन ढकालले गोल गरे । 

अर्को खेलमा छहारी यूथ क्लब र राप्ति फुटबल क्लबले अङ्क बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button