तपाईँ सुन्दै हुनुहुन्छः

 स्याङ्जामा बोलेरो दुर्घटना १५ घाइते

स्याङ्जा ।  स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङ देखि कालिगण्डकी गाउँपालिकाको कोटाकोट जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो जिप कालिगण्डकी गाउँपालिका ७ मिर्मि आरुचौरमा दुर्घटना भएको हो ।

जिप सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटनामा परि जिपमा सवार १५ जना घाइते भएका छन् ।

घाइतेको कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button