तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरू सम्मानित 

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा, युनिभर्सल पिस फेडरेशन–नेपाल (UPF–Nepal) ले “Local Youth Actions for the SDGs and Beyond” भन्ने विषयमा कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा  कला, संस्कृति, स्वास्थ्य, खेलकुद र सामुदायिक नेतृत्वमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गरिएको छ । सम्मानित हुने व्यक्तिहरूमा सङ्गीतकार तथा निर्देशक दीपक शर्मा , गीतकार बसन्त बित्यासी थापा, गायिका निशा देशार, सह–प्राध्यापक तथा हड्डी–मेरुदण्ड विशेषज्ञ डा. सुभाष चन्द्र झा, नृत्याङ्गना/मोडेल/अभिनेत्री तथा टिभी प्रस्तोता कविता नेपाली, चिकित्सक तथा स्वास्थ्य व्यवस्थापन विशेषज्ञ डा. राम थापा क्षेत्री, सङ्गीतकार/गायक/एरेन्जर संजय खड्गी (सञ्जित), अभिनेता तथा मोडेल सुरज गराच ‘स्राज’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल ट्रेजरर कुलराज थापा, व्यवसायी कृष्णराज पोखरेल, इन्जिनियर प्रसिद्ध खरेल, फिटनेस ट्रेनर तथा बडीबिल्डर रजनी श्रेष्ठ  हुनुहुन्छ ।

कार्यक्रममा सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले  वरिष्ठ गायक आनन्द कार्की  र  गायिका निशा देशारलाई   “Ambassador for Peace Award” प्रदान गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोल र सांसद शिशिर खनालले युवाद्वारा सञ्चालित शान्ति, विकास र दिगोपनाका पहलहरूको आवश्यकता र प्रभावबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा करिब १५० जना युवा सहभागी,  युवा प्रतिनिधि, कलाकार तथा शान्ति अभियन्ताहरू, कलेजका प्रिन्सिपल, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमले युवाहरूलाई शान्ति , विकास र सकारात्मक परिवर्तनका लागि प्रेरित गरेको सहभागीहरूले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button