तपाईँ सुन्दै हुनुहुन्छः

मिडफिल्डर राई जोर्डनको अल इत्तिहादमा अनुबन्धित

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध गरेको छ ।

इत्तिहादले प्रीतिलाई एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि भित्र्याएको हो । साउन ६ गते नै जोर्डन पुगे पनि उनलाई क्लबले सोमबार मात्रै सार्वजनिक गरेको हो । 

सन् २०१८ मा स्थापना भएको इत्तिहातले जोर्डन महिला प्रो–लिग खेल्दै आएको छ । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्ध भएकी छन् ।  इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

यसैगरी क्लबले अगस्त २८ मा केलाना र ३१ मा सड्युशोरको सामना गर्नेछ । प्रीति एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button