सर्केगाड २ बाट नागरिकताको अनलाइन सिफारिस सुरु
हुम्ला । सर्केगाड गाउँपालिका–२ ले पहिलो पटक नागरिकताको अनलाइन सिफारिस सुरु गरेको छ ।

इलाका प्रशासन कार्यालय सर्केगाडले मिति २०८२ साल आषाढ २९ गते जारी सूचना अनुसार साउन ४ गतेदेखि अनिवार्य रूपमा नागरिकताको सिफारिस अनलाइनबाट नगरेको खण्डमा नागरिकता जारी गर्न बाध्य नहुने कायम मुकायम शाखा प्रमुख घमानसिंह रावतले बताउनुभयो । सोही अनुसार उक्त इलाकामा रहेका ४ वटा गाउँपालिकामध्ये पहिलो पटक सर्केगाड गाउँपालिका वडा नम्बर २ बाट नागरिकताको अनलाइन सिफारिस सुरु भएको उहाँले बताउनुभयो ।
गाउँमा अनलाइन र नियमित कर्मचारी नहुँदा अनलाइन सिफारिसमा समस्या भएको वडा नम्बर २ का अध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्