गाईजात्रा मनाउन सिद्धिचरणमा सार्वजनिक बिदा
ओखलढुङ्गा । नेवारी समुदायको विशेष पर्व गाई जात्राको अवसरमा सिद्धिचरण नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बैठकले गाईजात्राको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सिद्धिचरण नगरपालिकामा नेवार समुदायको उल्लेख्य बसोबास रहेको र गाई जात्रा स्थानीयले महत्त्वपूर्ण सांस्कृतिक पर्व भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । गाई जात्राको अवसरमा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ–संस्थाहरूमा बिदा दिइएको नगर प्रमुख खनालको भनाई छ ।
गाईजात्रा पर्वमा नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा जात्रा निकाल्ने परम्परा रहेको छ ।
हिले जात्रा अन्तर्गत मनाइने लाखे जात्रासँगै गाईजात्रा पनि ओखलढुङ्गा सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा धूमधामका साथ मनाउने गरिन्छ ।
१ महिना देखि सदरमुकामका नेवारी समुदायले लाखे जात्रा देखाइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्