तपाईँ सुन्दै हुनुहुन्छः

परिणाम आउने गरी काम गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । 

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको छलफलमा मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । 

मन्त्री पाण्डेले कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सवालमा कूटनीतिक र प्राविधिक पहल भइरहेको बताउनुभयो । 

सांसद तथा पूर्व मन्त्री भीमप्रसाद आचार्यले तिलौराकोट क्षेत्र वरिपरि पर्खाल लगाएर त्यहाँको जग्गाको सुरक्षा गर्नुपर्ने बताउनुभयो । 

सांसद एकनाथ ढकालले लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट अलग राख्नुपर्ने धारणा राख्नुभयो ।

सांसद शिशिर खनालले लुम्बिनी विकास कोषलाई सरकारको अनुदानबाट मात्रै सञ्चालन गर्नेभन्दा पनि आन्तरिक स्रोतबाट आत्मनिर्भर  बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button