राष्ट्रपति पौडेलद्वारा वसन्तपुर दरबार क्षेत्रको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ।
प्रथम महिला सविता पौडेलसहित आज वसन्तपुर क्षेत्रमा पुग्नुभएका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो । सो अवसरमा उहाँले हनुमानढोका दरबार सङ्ग्रहालयसहित कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मुलचोक, त्रिशूलचोकलगायतका ऐतिहासिक सम्पदाहरूको निरीक्षण गर्नुभएको थियो।

राष्ट्रपति पौडेललाई पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गर्नुभएको थियो ।

साथै, उक्त अवसरमा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य, र काठमाडौँ महानगरका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्