तपाईँ सुन्दै हुनुहुन्छः

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

जनकपुरधाम । पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरूले धान रोपाइँ सुरु गरेका छन् । 

पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । 

पानी परेपछि देशको प्रदेशका आठ वटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ । 

लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत  खेतीका लागि स्यालो ट्युबवेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यस पटक पानी नपर्दा ढिलाइ भएको हो । 

मधेस प्रदेशका जिल्लाहरूमा नदी, नहर, डिप ट्युबवेल  बोरिङ तथा स्यालो ट्युबवेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button