तपाईँ सुन्दै हुनुहुन्छः

कृषि समितिमा भूमि विधेयकमाथि छलफल

काठमाडाैँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि गिरी बन्धु टी स्टेट  प्रतिनिधिसँग सुझाव लिएको छ । 

समितिको आजको बैठकमा  टी स्टेटका प्रतिनिधि कृष्णप्रसाद भण्डारीले   जग्गाको हदबन्दी र सट्टापट्टाका लागि सरल हुने गरी विधेयकलाई संशोधन गर्न सुझाव दिनुभयो । 

बैठकमा सांसदहरूले भूमिहीनलाई व्यवस्थापन गर्न विधेयक केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरूले ८९ हजारको जनसङ्ख्यामा रहेका भूमिहीन दलित समुदायलाई जमिनमा पहुँच हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

त्यसै गरी कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले मूल ऐनको चार वटा बुँदामा मात्रै संशोधन गर्न खोजेको स्पष्ट पार्नुभयो । 

मन्त्री अधिकारीले सुकुम्वासी आयोग गठन भएको तीन वर्ष हुँदासमेत सुकुम्वासी र भूमिहीनहरूको समस्या समाधान गर्न नसकिएको भन्दै  भूमिहीन र दलित समुदायलाई यो विधेयकका चार वटा बुँदा संशोधन गरिँदा न्याय हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button