जावलाखेल यूथद्वारा सातदोबाटो यूथ क्लब ७–० ले पराजित
काठमाडौँ । जावलाखेल यूथ क्लबले एन्फा यु–१६ यूथ लिगमा आइतबार सातदोबाटो यूथ क्लबविरुद्ध ७–० को जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा १३ अङ्क जोडेको जावलाखेल नवौँ स्थानमा छ । १० वटै खेलमा पराजित सातदोबाटो अङ्कविहीन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन पूजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा विविधराज राईले समान एक गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्