डडेल्धुराको नवदुर्गामा दुना–टपरी उत्पादन सुरु
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडाबनमा महिलाहरूले दुना–टपरी उत्पादन सुरु गरेका छन्। गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम पाएपछि स्थानीय महिलाहरू समूह बनाएर व्यावसायिक रूपमा उत्पादनमा जुटेका हुन्।

स्थानीय स्रोत र कच्चा पदार्थको प्रयोग गरी आत्मनिर्भर बन्न तालिम सहयोगी रहेको स्थानीय महिला पार्वती देवी बोहराले बताउनुभयाे।
गाउँपालिका उपाध्यक्ष निर्मला बोगटीले महिलाहरूको सीप, इच्छाशक्ति र सक्रियता उत्साहजनक रहेको बताउँदै व्यवसायलाई अगाडि बढाउन सकियो भने गाउँमै रोजगार सिर्जना हुन सक्ने बताउनुभयाे।
उनका अनुसार दुना–टपरी व्यवसायलाई आयआर्जनको स्रोत बनाउँदै महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्य लिएको गाउँपालिकाले आर्थिक सहयोग र तालिममार्फत निरन्तर साथ दिने जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्