सुर्खेतका निजामतीलाई २–१ गोलले हराउँदै कर्णालीका निजामती विजयी
सुर्खेत । नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतलाई हराउँदै नेपाल निजामती कर्मचारी सङ्गठन कर्णाली प्रदेश विजयी भएको छ ।

निजामती क्षेत्रका शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस,२०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतलाई २–१ गोलले हराउँदै नेपाल निजामती कर्मचारी सङ्गठन कर्णाली प्रदेश विजयी भएको हो ।
खेलाडीलाई बधाई तथा शुभकामना दिँदै नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले कर्मचारी–कर्मचारीबिच सौहार्दपूर्ण सम्बन्ध कायम गराउनमा मैत्रीपूर्ण खेलले सहयोग पुग्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतका अध्यक्ष सीता कँडेलले मैत्रीपूर्ण खेल कसैको जित वा हारको रूपमा लिने गरी नभई कर्मचारी–कर्मचारीबिच असल सम्बन्ध कायम गर्न प्रेरित रहेको जनाउनुभयो ।
विजयी खेलाडीलाई निजामती कर्मचारी सङ्गठनका कर्णाली प्रदेश सह–इन्चार्ज टङ्क लामिछाने, अनुशासन आयोगका सचिव शङ्कर भट्टराई, नेपाल निजामती कर्मचारी सङ्गठन युवा तथा खेलकुद विभाग सचिव हेमन्त चुनारा, कर्णाली प्रदेश अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष राजेन्द्र पोखरेल र महासचिव प्रकाश शर्मा अधिकारी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्