पोखरामा होटेल अकुपेन्सि १५ प्रतिशत
पोखरा । पर्यटनको राजधानी पोखरामा हाल होटेल अकुपेन्सि करिब १५ प्रतिशत रहेको छ ।

पर्यटनको अफ् सिजनको रूपमा रहेको साउन महिनामा पोखरा क्षेत्रका पर्यटकीय होटेलमा भारतीय, तेस्रो मुलुकका र नेपाली गरी १५ प्रतिशत होटेल अकुपेन्सि रहेको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
पर्यटनको सिजन सुरु भएसँगै केही होटेलहरूमा अग्रिम बुकिङ समेत सुरु भएको सुवेदीले जनाउनुभयो ।
पोखरा महानगरपालिकाले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित पोखरा भ्रमण वर्ष २०२५ हाल जारी रहेकोले पोखरा क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने गरी पोखरामा विभिन्न खेलकुद सहितका गतिविधि हुने भएको सङ्घले जनाएको छ ।
पोखरा क्षेत्रमा एकै रातमा ४० हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने गरी पर्यटकीय स्तरका १ हजार २ सय भन्दा बढी होटेलहरू रहेको सङ्घले जनाएको छ । पोखरामा न्यूनतम १ हजार देखि लाखसम्मका सुइट रुम उपलब्ध छन् ।







प्रतिक्रिया राख्नुहोस्