वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको मृत्यु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ ।

काठमाडाैंस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आइपुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोको क्यान्सर पीडित शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो ।
वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाले बुधवार शोक बिदा दिने आचार्यको भनाइ छ । शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्