सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु
दाङ। दाङमा सर्पको टोकाई वाट १ जना पुरुषको मृत्यु भएको छ।
दाङको राजपुर गाउँपालिका–३ खरदरियामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय शालिकराम यादव हुनु हुन्छ ।
घरपरिवारका अनुसार यादवलाई आज बिहान करिब ५ बजेतिर घरभित्र योगा गर्दै गरेको अवस्थामा कोब्रा सर्पले टोकेको थियो। सर्पको टोकाइ लगत्तै उहालाई तत्काल गढवा स्थित सर्प दंश उपचार केन्द्रमा पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।
प्राप्त जानकारी अनुसार, उपचारको क्रममा घोराहीमै यादवको निधन भएको हो। घटनाबारे जानकारी गराउँदै मृतकका छोरा ओम नारायण यादवले उपचारकै क्रममा बाबुको मृत्यु भएको पुष्टि गर्नुभयो
प्रतिक्रिया राख्नुहोस्