तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७३.५ प्रतिशत मात्रै रोपाइँ, पानीको अभावले खेत सुक्दै

बाँके। पर्याप्त वर्षा नहुँदा साउनको पहिलो साता सकिँदा पनि बाँकेमा कुल धान खेतमध्ये ७३.५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

सिंचाइ सुविधा नभएका क्षेत्रमा धान रोप्न ढिलाइ भएको छ भने रोपिएको खेत पनि पानीको अभावमा सुक्न थालेको किसानहरूको गुनासो छ । खाल्टाखुल्टीमा जमेको पानी र बोरिङको सहायतामा रोपाइँ गरिएको भए पनि पर्याप्त वर्षा नभएकाले खेत चिरा फाट्न थालेका छन् ।

पुरैनीका किसानहरूले पानी अभावका कारण धानको विउ समेत बुढो हुँदै गएको र टाढाबाट पानी ल्याएर रोपाइँ गर्नुपरेको बताउनु भयो। किसान उदयराज बर्माले सिँचाइ अभाव, मलको सहज उपलब्धता नहुनु, सहकारी सिण्डिकेट, डिजेल–पेट्रोलको महँगो र विद्युत् आपूर्ति अनियमितताले खेतीमा थप समस्या भएको बताउनु भयो।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेका अनुसार गत शुक्रबारसम्मको तथ्यांकअनुसार ३४ हजार ८५० हेक्टर क्षेत्रफलमध्ये करिब ७३.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको हो । बाँकेका अधिकांश किसान आकाशे पानीमा निर्भर छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button