मनाङ मर्स्याङ्दीद्वारा त्रिभुवन आर्मी फुटबल क्लब २–० ले पराजित
काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ यूथ लिगमा बुधवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २–० को जित दर्ता गरेको छ ।
जितसँगै सात खेलमा १४ अङ्क जोडेको मनाङ पाँचौँ स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अङ्कका साथ १३औँ स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन दुवै गोल प्रकाश सिंहले गरे ।
अर्को खेलमा श्री भगवती क्लबले फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा ९ अङ्क जोडेको श्री भगवती नवौँ स्थानमा छ । पराजित फ्रेन्ड्सले समान खेलबाट १६ अङ्कका साथ तेस्रो स्थानमा छ ।
बुधवार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आर्यन भण्डारीले दोस्रो हाफमा गरेको एक मात्रै गोल श्री भगवतीलाई जित दिलाउन पर्याप्त बन्यो ।
प्रतिक्रिया राख्नुहोस्