सार्वजनिक लेखा समितिमा जगदुल्ला जलविद्युतसम्बन्धी उजुरीमाथि छलफल
काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा जगदुल्ला जलविद्युत निर्माण सम्बन्धी उजुरीमाथि छलफल भएको छ ।

बैठकमा समिति सदस्यहरूले कुनै पनि आयोजनालाई काम गर्न नदिने अभिप्रायले दर्ज भएका मुद्दा–मामलाले नराम्रो सन्देश जाने र आयोजना महँगो पर्ने हुँदा प्रक्रियामा केही कमी कमजोरी भए टुङ्ग्याएर आयोजनालाई अगाडी बढ्न दिनुपर्ने सुझाव दिनुभयो ।

समिति सदस्यहरूले सार्वजनिक लेखा समितिले बेनामी र विकास निर्माणलाई हानी पुग्ने खालका आधार हीन मुद्दालाई छनौट गरेर मात्रै छलफलको विषय बनाउनुपर्ने सुझाव दिनुभयो ।
बैठकमा समितिका सभापति ऋषि केश पोख्रेलले जगदुल्ला जलविद्युतको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले समितिले यस विषयमा कुनै निर्णय गर्न नसक्ने भन्दै सम्बन्धित निकाय नै जवाफ देही हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्