तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन् । उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए ।

दोस्रो दुर्घटना खैपुर जिल्लामा भएको हो । कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुबाहक बस राष्ट्रिय राजमार्गमा पल्टिँदा चार जनाको मृत्यु भएको र महिलासहित ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button