फ्रेन्ड्स क्लबद्वारा जावलाखेल युथ ३–१ ले पराजित
काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा शुक्रबार जावलाखेल युथ क्लबविरुद्ध ३–१ को जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १३ अंक जोडेको फ्रेन्ड्स तेस्रो स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट सात अङ्कका साथ सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन आर्यनकाजी थापा, पूर्ण श्रेष्ठ र मन्दीप ढुङ्गेलले गोल गरे । जावलाखेलका लागि सुमित वाइबाले गोल फर्काए । शुक्रवारै सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजासँगै ६ खेलमा १४ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा कायम छ । चर्च ब्वाइज समान खेलबाट सात अङ्कका साथ सातौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रका लागि राहुलकुमार योञ्जन तथा चर्च ब्वाइजका लागि सुशन थापामगरले गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्