पूर्व राष्ट्रपति भण्डारीद्वारा साउने संक्रान्ति पर्वको शुभकामना
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ का अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत भण्डारीले ‘साउने संक्रान्ति’ पर्व प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । उहाँले यो पर्व असारको अन्त्यसँगै श्रावण महिनाको सुरुवातमा मनाइने परम्परा भएको उल्लेख गर्नुभयो , जसले परम्परागत ज्ञान, जैविक चेतना र सांस्कृतिक मूल्यहरूको पुनः स्मरण गराउने बताउनुभयो ।
उहाँले ‘लुतो फाल्ने’ परम्परालाई छालासम्बन्धी रोगसँग जोडिएको जनविश्वास मात्रै नभई वनस्पति संरक्षण, जैविक विविधताको सम्मान र समुदायबीचको सहकार्यको प्रतीकको रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउनुभयो । यस्ता चाडपर्वले नेपालीलाई संस्कृति जोगाउन र प्रकृतिसँग जोडिन प्रेरणा दिने उहाँको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्