तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक र शून्य समयमा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेस र एमालेबीच यो सरकार गठन हुँदा संविधान संशोधनको सहमति गरेको भए पनि अझै प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाको जिरी क्षेत्रमा थप पर्यटक भित्र्याउन सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै नेकपा माओवादी केन्द्रका  सांसद उर्मिला माझीले तराइमा खानेपानी अभाव भएको भन्दै सरकारले तत्काल तराईबासीलाई खानेपानीको उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले वर्षा अघि नै असुरक्षित बस्तीहरूलाई सरकारले सुरक्षित स्थानमा राख्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै सांसदहरु गोकुलप्रसाद बास्कोटा, किरणकुमार शाह, अन्जनी श्रेष्ठ, कल्पना चौधरी, अनमलाल मोदी, कान्तिका सेज्वाल लगायतले किसानहरूलाई रासायनिक मल तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्दै पशुपति क्षेत्रमा रहेको क्रियापुत्री भवनको सरसफाइ र शवदाह मेसिनको मर्मत संहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगसम्बन्धि प्रश्नकहरुको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button