पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
दशरथचन्द (बैतडी) । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे(बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया राख्नुहोस्